फागुन १० गते २०८०
06:01: AM
फागुन १० गते २०८०
06:01: AM

सगरमाथा राष्ट्रिय निकुञ्जले शुल्क नतिर्ने हेलिकप्टर नियन्त्रणमा लिने

माघ १० गते २०७९
8:34 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्यूठान, सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले निकुञ्ज क्षेत्रमा अवतरण शुल्क नतिर्ने हेलिकप्टरलाई नियन्त्रणमा लिने भएको छ ।निकुञ्ज क्षेत्रमा शुल्क छल्दै अवतरण हुने हेलिकप्टरको सङ्ख्या बढेकाले आउँदो फेब्रुअरी १ तारिख अर्थात् माघको १८ गतेदेखि शुल्क भुक्तानी नगरि अवतरण हुने हेलिकप्टरलाई नियन्त्रण लिइ कारबाही गरिने भएको हो ।निकुञ्जले यसबारेमा हेलिकप्टर कम्पनीलाई लिखित पत्राचार समेत गरेको छ । शुल्क नतिर्ने हेलिकप्टर र चालकलाई नियन्त्रणमा लिन नेपाली सेनालाई पत्र काटिएको प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।यसबाट हेलिकप्टर कम्पनीले गर्ने गरेको राजस्व छलि रोक्न मद्दत पुग्ने निकुञ्जले जनाएको छ । निकुञ्जको नियम अनुसार हेलिकप्टरले प्रतिअवतरण तीन हजार रुपैयाँ राजस्व बुझाउनु पर्छ । तर कम्पनीहरुले यो नियमलाई छल्दै शुल्क बुझाउन अटेर गरिरहेको निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page