मंसिर १२ गते २०८०
07:19: PM
मंसिर १२ गते २०८०
07:19: PM

तिब्बतमा हिमपहिरोमा परी २८ जनाको ज्यान गयो

माघ ७ गते २०७९
4:17 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्यूठान । चीनको स्वशासित क्षेत्र तिब्बतको निङ्ची शहरमा शुक्रबार गएको हिमपहिरोमा परी २८ जनाको ज्यान गएको छ । हिमपहिरोमा परेकाहरुको उद्धार सकिएको र २८ जनाको ज्यान गएको तिब्बतका अधिकारीहरुलाई उद्धृत गर्दै चिनियाँ समाचारसंस्था सिन्हवाले जनाएको छ ।हिमपहिरोपछि काउन्टीलाई नइङ्चीको प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग बन्द भएको थियो । बाटो बन्द हुँदा गाडी तथा यात्रुहरु बाटोमै रोकिएका थिए । अहिले बाटोमा फसेका सबैको उद्धार सकिएको सिन्ह्वाले जनाएको छ ।हिमपहिरो गएको क्षेत्रका सडक कच्ची रहेको तथा भू–धरातल समेत उबडखाबड रहेकाले उद्धारमा कठिनाइ भएको उद्धारमा खटिएकाहरुले बताएका छन् ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page