प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज प्रदेश-१ र सुदूरपश्चिम खेल्दै
स्वर्गद्वारी अपडेट
माघ ७ गते २०७९
8:34 AM
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्यूठान, प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको उपाधिका लागि आज प्रदेश एक र सुदूरपश्चिम खेल्दैछन् ।खेल दिउँसो १२ बजेपछि सुनसरीको इटहरीमा सुरु हुनेछ । प्रदेश एक विभागीय क्लब एपीएफलाई हराउँदै फाइनलमा पुगेको हो । हिजो भएको सेमिफाइनल खेलमा प्रदेश एकले एपीएफलाई ८ विकेटले हरायो । त्यस्तै अर्को सेमिफाइनलमा मधेस प्रदेशलाई १ सय १४ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो ।प्रतियोगितामा ७ वटा प्रदेश र एक विभागीय गरी ८ टोली सहभागी थिए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार रुपैयाँ पाउनेछन् ।