असाेज १२ गते २०८०
09:58: AM
असाेज १२ गते २०८०
09:58: AM

भारतमा उत्पादित कफ सिरफ ‘डक–१ म्याक्स’ प्रयोग नगर्न डब्ल्यूएचओको आग्रह

पौष २९ गते २०७९
8:55 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्युठान, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारतमा उत्पादित कफ सिरप ‘डक–१ म्याक्स’ को प्रयोग नगर्न आग्रह गरेको छ ।उज्वेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको ज्यान गएपछि मुख्य कारण भारतमा उत्पादन भएको कफ सिरफ प्रयोग मानिएको थियो ।डब्ल्यूएचओले भारतको मेरियन बायोटेकले उत्पादन गरेको यो औषधि गुणस्तरहीन भएको र कम्पनीले स्वास्थ्य सुरक्षा र गुणस्तर सुनिश्चित गर्न असफल भएको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । अघिल्लो महिना ‘डक–१ म्याक्स’ नामको खोकी रोक्ने झोल औषधि खाँदा कम्तीमा २० बालबालिकाको ज्यान गएको उज्वेकिस्तानका अधिकारीहरूले बताएपछि अनुसन्धान थालिएको थियो ।भारतको स्वास्थ्य मन्त्रालयले यो कम्पनीको उत्पादन रोकेको थियो भने उज्वेकिस्तानले पनि आयात र बिक्रीमा प्रतिबन्ध लगाएको थियो । औषधिमा प्रयोग भएको ‘डाइथिलीन ग्लाइकोल’ र ‘इथिलीन ग्लाइकोल’ मानव स्वास्थ्यका लागि विषाक्त मानिन्छ । विशेष गरी बालबालिकामा यसको प्रयोगले गम्भीर क्षति गर्ने डब्ल्यूएचओले विज्ञप्तिमा जनाएको छ ।मेरियन बायोटेक कम्पनीका जिम्मेवार व्यक्तिसँग प्रतिक्रियाका लागि प्रयास गरेको तर सम्पर्क हुन नसकेको पनि एएफपीले जनाएको छ ।

रिप्लाई गर्नुहोस