मंसिर १२ गते २०८०
07:00: PM
मंसिर १२ गते २०८०
07:00: PM

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर यूनाइटेडको जित : आर्सनल र न्यूक्यासलले बराबरी खेले

पौष २० गते २०७९
8:50 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्यूठान, इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर यूनाइटेडले बर्नमाउथलाई हराएको छ । गएराति भएको खेलमा यूनाइटेडले बर्नमाउथलाई ३–० गोलले पराजित गरेको हो ।यूनाइटेडका क्यासेमिरो, लुके सा र मार्कुस रासफोर्डले एक/एक गोल गरे । जितसँगै चौथो स्थानमा रहेको यूनाइटेडको १७ खेलबाट ३५ अंक भएको छ । एक खेल बढी खेलेको न्यूक्यासलको पनि ३५ अंक छ । तर गोल अन्तरमा न्यूक्यासल तेस्रोमा छ ।गएराति भएको खेलमा शीर्ष स्थानको आर्सनलले न्यूक्यासलसँग बराबरी खेलेको छ । आर्सनल र न्यूक्यासलले गोलरहित बराबरी खेलेका हुन् । आर्सनल १७ खेलमा ४४ अंकका साथ शीर्ष स्थानमा छ । आर्सनल दोस्रो स्थानको म्यानेचस्टर सिटी भन्दा ८ अंकले अगाडि छ । सिटीको १६ खेलमा ३६ अंक छ । गएराती नै भएको अर्को खेलमा ब्राइटनले एभर्टनलाई ४–१ गोलले र फुलहमले लेस्टरसिटीलाई १–० गोलले हराएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page