मंसिर १२ गते २०८०
06:32: PM
मंसिर १२ गते २०८०
06:32: PM

विश्व कप फुटबल :कतार समूह चरणबाटै बाहिरियो

मंसिर १० गते २०७९
8:38 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्युठान, फिफा विश्व कप फुटबलमा इङ्ल्यान्ड र अमेरिका तथा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दै अङ्क बाँडेका छन् । कतारको अल बायत मैदानमा आज बिहान भएको खेलमा इङ्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन् ।
बराबरीसँगै इङ्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेका छन् । समूह ‘बी’ मा रहेको इङ्ल्यान्ड ले २ खेलमा ४ अङ्क जोडेको छ । अमेरिका २ खेलमा २ अङ्क जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा इङ्ल्यान्ड ले इरानलाई ६–२ गोल अन्तरले हराएको थियो । पहिलो खेलमा अमेरिकाले वेल्ससँग एक/एक गोलको बराबरी खेलेको थियो ।
फिफा विश्व कप फुटबलमा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दै अङ्क बाँडेका छन् । खालिफा मैदानमा गएराति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले एक/एक गोलको बराबरी खेले । नेदरल्यान्ड्सले सुरुआती अग्रता बनाए पनि जोगाउन सकेन ।खेलको छैटौँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा इनर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई बराबरीमा ल्याए । बराबरीसँगै समूह ‘ए’ मा रहेका नेदरल्यान्ड्स र इक्वेडरले अर्को चरणमा पुग्ने सम्भावना कायम राखेका छन् । नेदरल्यान्ड्सले २ खेलमा ४ अङ्क जोडेको छ ।इक्वेडर पनि ४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २–० गोलले हराएको थियो । यस्तै इक्वेडरले आयोजक कतारलाई २–० ले नै हराएको थियो । यो समूहबाट कतार भने समूह चरणबाट बाहिरिएको छ ।आयोजक कतार यो विश्व कपको समूह चरणबाट बाहिरिने पहिलो देश बनेको छ । समूह चरणको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले एक/एक गोलको बराबरी खेलेपछि कतार बाहिरिएको हो । कतार हिजोको खेलमा सेनेगलसँग ३–१ गोलले पराजित भएको थियो । एक खेल खेल्न बाँकी रहेको कतार समूह ‘ए’ को पुछारमा छ ।हिजो भएको पहिलो खेलमा इरानले १० खेलाडीमा समेटिएको वेल्सलाई २–० गोलले हराउँदै पहिलो जित निकालेको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page