आज प्यूठान सहित देशैभर निजामती सेवा दिवस मनाइदै छ । १९ औँ निजामति दिवसको अवसरमा प्यूठानबाट मन्जु कुमारी शाहले पुरस्कार पाउने भएका छन् । दिवसको अवसरमा सरकारले आज १० जना कर्मचारीलाई निजामति उत्कृष्ट पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कार वितरण गर्ने भएको हो ।
व्यवसायिक र सिर्जनशिल प्रशासन बिकास, समृद्धि र सुशासन भन्ने मुल नाराका साथ दिवस मनाउन लागिएको छ । जिल्ला प्रशासन कार्यलय प्यूठानमा नायब सुब्बा पदमा कार्यरत शाह मल्लरानी गाउँपालिका ४ का निवासि हुनुहुन्छ । अघिल्ला बर्षहरुमा एक जना सर्वोउत्कृष्ट सहित ४१ जनालाई दिइरहेको मा यस बर्ष भने सर्वोउत्कृष्ट छनोट गर्न सकेको छैन् ।