स्वर्गद्धारी अपडेट,प्यूठान । माडी खोलामा जीप अस्दा एक जना बेपत्ता र एक जना घाइते भएका छन । गएराति रोल्पाको माडी खोलामा बा ५ च ५००२ नम्बरको जीप बोलेरो खसेको हो । माडि गाँउपालिकाको घर्तिगाँउ बजार तर्फ फर्कने क्रमका जीप लहरेखोला छेउमा दुर्घटना भएको थियो ।दुर्घटनामा ककनी ३ नुवाकोटका बुद्धिबहादुर लामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । गाडिमा सवार बैतडी पाटनका मनोज चन्द घाईते भएको प्रहरीले जनाएको छ ।