असाेज ९ गते २०८०
08:23: AM
असाेज ९ गते २०८०
08:23: AM

प्यूठानमा बन्दको पुर्ण रुपमा प्रभाब

भाद्र ७ गते २०७९
9:56 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई,प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व)ले मंगलबार आह्वान गरेको नेपाल बन्दको प्रभाब प्यूठानमा पुर्ण रुपमा परेको छ । बन्दका कारण जिल्लाबाट बाहिरीने र जिल्ला भित्रिने कुनै पनि यातायातका साधनहरु संचालनमा आएका छैनन । जिल्लाको विजुवार,खलंगा ,बाग्दुला, लगाएत जिल्ला भरनै संचालित पसल,उद्योगधन्दाहरु बन्द छन । बिहानै देखि नेपाल कम्युनिष्ट पाटीका नेता कार्यक्रताहरु चोकमा बन्द गराउदै हिड्ने गरेका छन् । सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति उल्लंघनन गरिएको, नेता तथा कार्यकर्ताहरु माथि पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, महंगी र राष्ट्रघाति सन्धि÷सम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले मंगलबार प्यूठान सहित देशैभर नेपाल बन्दको आह्वान गरिएको नेपाल कम्युनिष्ट पार्टी प्यूठान जिल्ला सेक्रेटरी दल बहादुर केसी जागृतले जानकारी दिए ।बन्दको समयमा अस्पताल, होटल, चिया खाजा घर, एम्बुलेन्स, प्रेस, लगाएतका अत्यावश्यक सवारी साधन संचालनमा भने कुनै रोक नलगाइएको केसीले बताए । बन्दमा सार्वजनिक सवारी साधन, उद्योगधन्दा, स्कुल, कलेज सबै बन्द गरि सहयोग गरिदिन सम्पूर्णलाई जिल्ला सेक्रेटरी चन्दले आह्वान समेत गर्नु भएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार आज बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने बताइएको छ । यता जिल्ला प्रहरी कार्यालय प्यूठानले मंगलबार बन्दको घोषण भएसंगै सोमबार साझदेखि नै प्रहरी परिचालन गरेको बताएको छ । जिल्लामा अहिलेसम्म केनै नराम्रो घटना नभएको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ ।

रिप्लाई गर्नुहोस