प्यूठानका निजामति कर्मचारी कालो पट्टि बाधेर बिरोधमा उत्रिए
स्वर्गद्वारी अपडेट
भाद्र ७ गते २०७९
6:00 AM
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । प्यूठानका संघिय निजामति कर्मचारीले सोमबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन । संयुक्त ट्रेड युनियनको अन्दोलनका कार्यक्रमको कार्यतालिका अनुसार सोमबार देखि प्यूठानमा पनि ११ बुदे मागहरु लेखिएको ब्यानर र कालो पट्टि बाधेर बिरोधमा उत्रिएका छन ।
संयुक्त ट्रेड युनियनले लामो समयदेखि कर्मचारीमैत्री संघिय निजामति सेवा ऐन,प्रदेश सेवा निजामति ऐन तथा स्थानिय सेवा लागु गर्ने माग गरेको छ ।
त्यस्तै क्षतिपूर्तिसहितको नागरिकता सेवा प्रबाहको सुनिश्चिता,प्रशासनिक एकरुपता कायम गर्ने तीनै तहमा तहगत प्रणाली लागु गर्ने लगायतको माग राखिएको कालो ब्यान टागेर प्यूठान जिल्ला सहित देशभर बिरोधका कार्यक्रम गरिएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति प्यूठानका अध्यक्ष हरि प्रसाद पौडेलले बताएका छन ।
दोस्रो चरणको आन्दोलनको कार्यक्रम भाद्र १७ गतेसम्म सञ्चालन हुने छ ।