सन्तोष सुनार, प्यूठान । स्वाभिमान एकिकृत ग्रामिण बिकास सस्थाका अध्यक्ष डा.ओमहरी भट्राईले शुक्रबार आफ्नो जन्मदिन मनाएका छन । जन्मदिनको अवसर पारेर डा भटराइले एक विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन । प्यूठानको मल्लरानी गाउपालिका वडा नं.३ बुकेनी स्थायी घर भई हाल प्यूठान नगरपालिका वडा नं. ३ जुम्रिममा बस्दै आएका लिल बहादुर पुन र उनको श्रीमती दिलमाया पुनलाई खाद्यान्न सहयोग गरेका छन ।
पुन दम्पतिको आर्थिक अबस्था एकदमै कमजोर र विगत १० महिनादेखि श्रीमति बिरामी हुदा कोठामै थला परेकी थिइन । उक्त परिवारलाई राहत स्वरुप डा भटराइले खाद्यान्न सहयोग गरेका छन ।
डा. भटराई पातञ्जल योग समिती नेपालका केन्द्रिय सदस्य तथा स्वर्गद्धारी बहुमुखि क्याम्पसका प्रचार्य पनि हुन ।