फागुन १० गते २०८०
07:52: AM
फागुन १० गते २०८०
07:52: AM

एसिड आक्रमणबाट एक महिला घाइते

श्रावण ३१ गते २०७९
3:15 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । सल्यानमा दाइले एसिड प्रहार गर्दा भाइ र बुहारी गम्भीर घाइते भएका छन ।जिल्लाको दार्मा गाउपालिका वडा नम्बर ३ चम्पुटाकुरा दाइले प्रहार गर्दा भाइ र बुहारी गम्भीर घाइते भनाएका छन् । सोमबार साझ ६ बजे कामको सिलसिलामा दार्मा गाउपालिका बाट घर फर्केको र घर पुगेको केही समय भित्रै दाइ बेचे रावतले भाइ भिम बहादुर र बुहारी लाई एसिडप्रहार गर्दा घाइते भनाएका हुन । साथै अर्का १ भिम बहादुर रावत पनि एसिड आक्रमणमा घाइते भएका हुन । घरको आर्थिक लेनदेनको कारण दाइले भाइलाइ एसिड प्रहार गरेको भन्ने प्रारम्भिक अनुमान गरिएको छ । एसिस छर्कने बेचे रावत प्रहरीको नियन्त्रणमा रहेको र अहिले इलाका प्रहरी कार्यालय थारमारेमा रहेको जनाइएको छ । घाइते तिनै जनाको नेपालगन्जमा उपचार भैरहेको छ

रिप्लाई गर्नुहोस

You cannot copy content of this page