असाेज ९ गते २०८०
08:11: AM
असाेज ९ गते २०८०
08:11: AM

प्यूठानमा थपिए २ हजार ५३ नयाँ मतदाता

श्रावण ३० गते २०७९
6:54 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई,प्यूठान । आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी प्यूठानमा असार यताको अवधिमा २ हजार ५३ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि स्थगित भएको मतदाता नामावली सङ्कलन असार १ गतेदेखि पुनः सञ्चालन भई श्रावण १९ गतेसम्म सञ्चालन भएको थियो । प्यूठान जिल्लाका २२ सय २२ र अन्य जिल्लाका ३१ जना मतदाता थपिएका छन ।एक महिना १९ दिनको अवधिमा १ हजार ९ महिला र १२ सय १३ पुरुष जिल्ला भित्र र ३१ जना जिल्ला बाहिरका गरी २ हजार ५३ जना प्यूठानमा नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढीप्यूठान नगरपालिकामा मतदाता थपिएका छन । जहा ४५३ जना नयाँ मतदाता थपिएका हुन । त्यस्तै दोस्रोमा मल्लरानी गाउपालिकामा ४२२ नयाँ मतदाता थपिएका छन ।त्यसैगरि ऐरावति गाउपालिकामा १६८,गौमुखि गाउपालिकामा १३६,झिमरुक गाउपालिकामा २३१,नौबहिनी गाउपालिकामा २२१,माण्डबी गाउपालिकामा १६१ ,सरुमारान्ी गाउपालिकामा १४४ र रुवर्गद्धारी नगरपालिकामा २२६ नयाँ मतदाता थपिएका छन ।मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण देखिएको निर्वाचन अधिकारी देबिराम पाठकले जानकारी दिए । ‘फोटोसहितको मतदाता नामावली दर्ता गरी मताधिकार सुरक्षित गर्न सर्वसाधारणमा आकर्षण देखिएको छ”, उनले भने, अभियानको क्रममा कार्यालय भरिभराउ हुने गरेको थियो ।प्यूठानमा हालसम्म १ लाख ६१ हजार ४४४ मतदाता कायम भएका छन् । विसं २०७९ साल वैशाख २९ गतेसम्म एक ७७ हजार ३२७ पुरुष र ८८ हजार १८ र २ जना अन्य गरि १ लाख ५९ हजार ३४६ जना मतदाता रहेका थिए ।

रिप्लाई गर्नुहोस