प्यूठानमा पौडेल, राणा र खड्कालाई उम्मेदवार बनाउने तयारी
स्वर्गद्वारी अपडेट
श्रावण ३० गते २०७९
12:24 PM
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । प्यूठान जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवारहरूका विषयमा चर्चा हुन थालेको छ ।
प्रतिनिधि सभातर्फ गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उम्मेदवार बन्ने चर्चा छ । नेतृ पौडेल प्यूठान जिल्लाबाट प्रतिनिधि सभाकी निर्वाचित सांसद पनि हुन् ।नेपाली कांग्रेसबाट प्रदेशतर्फ क्षेत्रीय सभापति रोज राणा उम्मेदवार बन्ने पक्का जस्तै छ । नेपाली चलचित्र अभिनेता एवम् निर्माता समेत रहेका राणाले उम्मेदवारीका लागि तयारी समेत गरेका छन् ।माओवादी केन्द्रबाट कृष्णध्वज खड्काले प्रदेशतर्फ उम्मेदवार बन्ने पक्का जस्तै छ । खड्का लुम्बिनी प्रदेशका मन्त्री समेत हुन् ।यद्यपि, माओवादीबाट नेता कृष्ण अधिकारी ‘प्रकाश’ले पनि टिकटमा दाबी गरेका छन् । प्रदेशतर्फको निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ कांग्रेस र माओवादीमध्ये कसले पाउने हो पछि टुंगो लाग्नेछ । अहिले नै कांग्रेस र माओवादीले कुन–कुन क्षेत्र पाउने हुन् खुलेको छैन ।
नेकपा एमालेबाट सूर्य थापाले प्रतिनिधि सभातर्फ प्यूठानमा उम्मेदवारी दिने चर्चा छ । प्यूठान राष्ट्रिय जनमोर्चाको गढ मानिन्छ । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्र मिलेर उम्मेदवार बनाउने तयारी गरेपछि एमालेलाई तनाब भएको छ ।