मंसिर १३ गते २०८०
01:40: PM
मंसिर १३ गते २०८०
01:40: PM

प्यूठानमा ५ थपिए १४ ले जीते

श्रावण २६ गते २०७९
8:31 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । प्यूठानमा बिहिबार थप ५ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न ठाउँमा गरिएको एण्टिजेन परीक्षणका क्रममा थप ५ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोलक प्रशन पुष्कल श्रेष्ठले जानकारी दिएका छन ।त्यस्तै बिहिबार १४ जनाले कोरोना जितेका छन । जिल्लामा अहिले ९३ जना कोरोनाका सक्रिय सङक्रमित रहेका छन । जिल्लामा साउन यता ४१३ जनामा कारोना परीक्षण गर्दा १५० जनामा पुष्टि भएको छ । पछिल्लो समयमा पुनः कोरोनाका सङक्रमित देखा परेसंगै सरसफाइको क्षेत्रमा ध्यान दिनको लागी चिकित्सकहरुले आग्रह गरेका छन । बेलाबेलामा साबुनपानीले हात धुने,स्यानिटाइजर प्रयोग गर्ने,सामाजिक दुरी कायम गर्ने,माक्स प्रयोग गर्ने लगायतको स्वास्थ्य सचेतना अपनाउनको लागी चिकित्सकहरुले आग्रह गरेका छन ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page