अनुज पछाई,प्यूठान । प्यूठान जिल्लाको मल्लरानी गाउँपालिकाबाट एक फरार प्रतिबादि करिब ६ बर्षपछि पक्राउ परेका छन ।अर्घाखाची जिल्लाको मालारानी गाउँपालिका वडा नं.०९ बस्ने हुमलाल खनाललाई सार्वजनिक अपराध मुद्दामा प्यूठान जिल्ला अदालतले २०७३ असार २० गतेको फैसला अनुसार रु १ हजार रुपैया जरिवाना तोकिएको र हालसम्म फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार बिहान प्यूठान जिल्लाको मल्लरानी गाउँपालिका वडा नं.०४ खलंगाबाट फेला पारी नियन्त्रणमा लिइ जिल्ला अदालत प्यूठानमा पेश गरीएको र उक्त माग बमोजिमको रकम दाखिला गरेकोले जरीवाना कट्टा गरी निजलाई छुट्कारा गराईएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।