मंसिर १२ गते २०८०
06:43: PM
मंसिर १२ गते २०८०
06:43: PM

जिल्ला ट्राफिक कार्यालय प्यूठानको जनचेतनामूलक कार्यक्रममा साढे ७ हजार सहभागी

श्रावण १३ गते २०७९
7:25 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई ,प्यूठान । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले विभिन्न समयमा सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रममा जिल्लाका करिब ७ हजार ५०४ जना सहभागी भएको जनाएको छ । गत आर्थिक २०७८–७९ मा जम्मा २१७ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्रफिक कार्यालय प्यूठानका प्रमुख चन्द्र केसीले जानकारी दिएका छन । ट्राफिक प्रहरी कार्यालय प्यूठानले जिल्लाका बिद्यालय तथा चालक सहचालक तथा यात्रुहरुसंग सवारी दुर्घटनाबाट बच्ने र न्यूनिकरण गर्नको लागी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । जिल्ला ट्राफिक कार्यालय प्यूठानले सञ्चालन गरेको कार्यक्रम अनुसार साउनमा ३ वटा कार्यक्रमबाट १३० जना , भदौमा १ वटा कार्यक्रममा ५६ जना , असोजमा १३ वटा कार्यक्रममा ८४५ जना , कार्तिकमा ४ वटा कार्यक्रममा २१३, मङसिरमा १२ वटा कार्यक्रममा ६११ र पुष महिनामा ४० वटा कार्यक्रममा १५ सय ६९ ब्यक्तिहरुको सहभागीता रहेको थियो । त्यस्तै माघमा ९ वटा कार्यक्रममा ५१० , फागुनमा ९ वटा कार्यक्रममा २६८ जना ,चैत्रमा ५० वटा कार्यक्रममा १४ सय १५ , बैशाखमा २२ वटा कार्यक्रममा ४९६ जना , जेठमा २८ वटा कार्यक्रममा ७२५ र असारमा २६ वटा कार्यक्रममा ६६६ जनाको सहभागी रहेको थियो । अभियानमा ट्राफिक जनचेतनामूलक कार्यक्रम तथा कोभिड–१९ को सङक्रमणबाट बच्न तपाइको माक्स खोइ लगाएतको कार्यक्रमहरु सञ्चालन गरेको थियो । जिल्ला ६ वटा युनिटबाट यस प्रकारका कार्यक्रम सञ्चालन गरिएको थियो । जिल्लाको देबिस्थान,दर्भान,भिर्गृ ,विजुवार , बाग्दुला र खलंगामा रहेको युनिटबाट कार्यक्रम सञ्चालन गरिएको हो ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page