फागुन १० गते २०८०
07:06: AM
फागुन १० गते २०८०
07:06: AM

प्यूठानमा १ अर्ब ३२ करोड बजेट फ्रिज

श्रावण ९ गते २०७९
7:12 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई, प्यूठान । गत आर्थिक वर्ष ०७८÷७९ मा जिल्लाका ९ स्थानीय तह र ४३ सरकारी कार्यालयबाट १ अर्ब ३२ करोड,१५ लाख ३६ हजार ७२२ रुपैया बजेट रकम फ्रिज गएको छ । विकास योजना र लक्षित वर्गको क्षमता अभिवृद्धिका कार्यक्रम गर्न नसक्दा ठूलो बजेट फिर्ता गएको हो ।अघिल्लो आव ०७७÷७८ प्यूठानमा संघ तफको बजेटर्मा पुजिगत तर्फ ३०.५० र चालु तर्फ ४.५ प्रतिशत रकम फ्रिज भएको थियो । आव २०७८–७९ मा प्रतिशतमा हेर्दा चालु तर्फ ९ प्रतिशत र पुजिगत तर्फ ३७ प्रतिशत फ्रिज देखिएको छ । त्यस्तै आव २०७७–७८ मा प्रदेश तर्फको बजेटमा पुजिगत तर्फ २७.६० प्रतिशत र चालु तर्फ १०.६० प्रपतशत रकम फ्रिज भएकोमा गत आव मा २०७८–७९ मा पुजिगत तर्फ २८ प्रतिशत र चालु तर्फ २५ प्रतिशत रकम फ्रिज भएको छ ।गत आर्थिक वर्षमा प्यूठानका लागि संघीय सरकारबाट ५ अर्ब ७९ करोड ५६ लाख ५४ हजार ७०५ र प्रदेशबाट २ अर्ब ४० करोड १४ लाख ९ हजार गरी कुल ८ अर्ब १९ करोड ७० लाख ६३ हजार ७०५ बजेट आएको थियो । संघीय बजेटअन्तर्गतको चालु खर्च तर्फ ४५ करोड,६८ लाख ६३ हजार ४६४ र पुजिगत तर्फ २१ करोड ४९ लाख १२ हजार ९३३ रुपैयाँ स्थानीय तहबाट फिर्ता भएको कार्यालयको कोष तथा लेखा नियन्त्रक कार्यालय प्यूठानको तथ्यांक छ । यसैगरी, प्रदेश सरकारले पठाएको चालुतर्फको २३ करोड २० लाख ,४७ हजार , २८ रुपैया र पुँजीगततर्फको ४१ करोड ७७ लाख, १३ हजार २९७ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय प्यूठानका कोष नियन्त्रक बिस्नु भक्त थापाले बताएका छन ।संघीय सरकारअन्तर्गत जिल्ला प्रशासन, प्रहरी, नापी र मालपोत कार्यालयलाई प्राप्त बजेट भने करिब करिब सबै खर्च भएको छ । बजेटको अख्तियारी ढिलो आउनु, टेन्डर प्रक्रियामा ढिलाई, उपभोक्ता समिति गठन नहुनु, वर्षाले विकासका काम रोकिनुलगायत कारण बर्सेनि बजेट फ्रिज हुने क्रम बढिरहेको कोष तथा लेखा नियन्त्रक कार्यालय प्यूठानका कोष अधिकृत थापको भनाइ छ । विगत वर्षहरूमा असारको अन्तिम दिनसम्ममा चेक काट्ने काम गरे पनि यो वर्ष असार २५ मै रकम निकासा रोकिएको उनले बताए ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page