मंसिर १२ गते २०८०
07:59: PM
मंसिर १२ गते २०८०
07:59: PM

प्यूठानबाट सरुवा भई बुटवल जादै गरेका प्रहरी हवल्दारमाथि आक्रमण

श्रावण ४ गते २०७९
11:46 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्युठान । रोल्पाको त्रिवेणी गाउँपालिका–७ अँधेरीखोलामा मंगलवार बेलुका माओवादी कार्यकर्ताहरूले घर विदामा जाँदै गरेका प्रहरी हवल्दारमाथि आक्रमण गरेका छन्।प्यूठानबाट बुटवल सरूवाको रमना लिएर विदामा घर जाँदै गरेका सोही वडाका प्रहरी हवल्दार रामबहादुर बाँठालाई मंगलवार बेलुका सोही वडाका खिम बाबुराजा डीसीलगायत माओवादी कार्यकर्ताको समूहले आक्रमण गरेको पीडितको भनाई छ।डीसी लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी निकट मानिनुहुन्छ। उहाँ नेतृत्व समूहले आक्रमण गर्दा पीडितको टाउको र शरीरैभरी चोट लागेको छ।दार्बोट प्रहरी चौकीका हवल्दारको पनि संलग्नताघटनामा दार्बोट प्रहरी चौकीका हवल्दार साइकुमार चौधरीको पनि संलग्नता रहेको पाइएको छ।घटनाको योजना बनाउनेदेखि घटना स्थल नजिकै पुगेर आक्रमणकारीहरूलाई अटो रिक्सामा ओसारपसार गर्ने कार्यमा हवल्दार चौधरी सहभागि हुनुहुन्थ्यो। घटना पश्चात पनि चौधरीले पीडितलाई दार्बोट चौकीमा राखेर मोबाइल र मोटरसाइकलको साँचो जफत दुई घण्टासम्म चौकीमा थुनेर दुरव्यवहार समेत गरेको पीडितको भनाई छ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page