फागुन १० गते २०८०
06:20: AM
फागुन १० गते २०८०
06:20: AM

भुस्याहा कुकुरले टोकेर एकैदिन ११ जना घाइते

श्रावण ४ गते २०७९
5:21 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । — गुल्मीको एउटै पालिकामा भुस्याहा कुकुरले टोकेर एकै दिन ११ जना घाइते भएका छन् । चन्द्रकोट गाउँपालिका–३, भुल्केमा सोमबार एउटै भुस्याहा कुकुरको टोकाइबाट ११ जना घाइते भएको चन्द्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाशचन्द्र शर्माले बताए ।शर्माका अनुसार घाइते भएकाहरूमध्ये ७ जनालाई चन्द्रकोटमै रेविज विरुद्धको सुई लगाएर सामान्य उपचारपछि घर फिर्ता गरिएको छ भने ४ जनालाई गहिरो घाउ लागेका कारण थप उपचारका लागि गुल्मी जिल्ला अस्पताल पठाइएको छ ।भुस्याहा कुकुरलाई स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिई रेविज लागेरनलागेको पहिचानका लागि १० दिनसम्म निगरानीमा राख्ने व्यवस्था गरेको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताए । उक्त कुकुरले टोकेका अन्य कुकुररूलाई पनि बुधबार रेविज विरुद्धको सुई लागाइने उनको भनाइ छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page