ऐरावतिमा जीवन बिकास योजना र लक्ष्य निर्धारण सम्बन्धि तालिम सम्पन्न
स्वर्गद्वारी अपडेट
असार ३२ गते २०७९
8:07 PM
स्वर्गद्वारी अपडेट
असिम पाण्डे, प्यूठान । प्यूठानको ऐरावति गाउपालिकाका बाल सञ्जालका पधादिकारीको लागी जीवन बिकास योजना र लक्ष्य निर्धारण सम्बन्धि तालिम सम्पन्न २ दिने तापलम सम्पन्न भएको छ ।
कालिका बिकास केन्द्र नेपाल ,प्युठान र स्टोम फाउन्डेसनको साझेदारीमा सञ्चालित (सिडस) कार्यक्रम अन्तर्गत ऐरावती गाउँपालिकाका ६ वटै वडामा सञ्चालित बाल सञ्जालका सदस्यहरू र प्रत्येक वडा को गाउँ गाउँमा सञ्चालित ग्रेजुयट फोरमका सदस्यहरू को लागि सञ्चालन गरिएको २ दिने जीवन बिकास योजना र लक्ष्य निर्धारण सम्बन्धि तालिम ऐरावती २ बरौंलामा सनिबार सम्पन्न भएको हो ।
तालिममा सहभागी बालबालिकालाई लक्ष्य निर्धारण गर्दा ध्यान दिनुपर्ने कुरा ,समयको ब्यबस्थापन,समयको महत्व,सफलताका तत्व,स्वःमूल्याङकन ,लक्ष्य निर्धारणका लगायत भबिष्य गएर राम्रो बन्नको लागी कस्तो खाले आचरणको बिकास गनुपर्छ भन्ने बिषयमाथी छलफल भएको थियो ।
तालिममा ब्राइट फिउचर ट्रनिङ सेन्टर विरेन्द्रनगर–८ सुर्खेतका प्रशिक्षक उमाशंकर आचार्य ले सहजीकरण गरेका थिए । तालिममा ३० जना बाल सञ्जालका पधादिकारीको सहभागीता रहेको थियो ।