असाेज १२ गते २०८०
10:28: AM
असाेज १२ गते २०८०
10:28: AM

प्यूठान जिल्ला अदालत प्रदेशमै पहिलो

असार ३१ गते २०७९
12:37 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । जिल्ला अदालत प्यूठान कार्यसम्पादनको आधारमा लुम्बिनी प्रदेशमा पहिलो भएको छ । आव २०७८÷७९ मा प्रदेशभर सबैभन्दा बढी मुद्दा फछ्यौट गरि जिल्ला अदालत प्यूठान पहिलो भएको हो । जिल्ला अदालत प्यूठानमा आव २०७८÷७९ मा ६ सय २ वटा मुद्दा रहेकोमा ४ सय ७८ अर्थात ८९.४० प्रतिशत मुद्दा फर्छाैट भएको जिल्ला अदालत प्यूठानका न्याधिस श्यामलाल घिमिरेले बताएका छन । बिहिबार कार्यपत्र प्रस्तुत गर्दै जिल्ला अदालत प्यूठानका स्रस्तेदार बिरेन्द्र प्रकाश खडकाले चालु आवको असार मसानतसम्म ३३६ थान मुद्दा फर्छाेट गर्ने लक्ष्य रहेकोमा लक्ष्यभन्दा १५२ बढी थान मुद्दा फर्छाैट गर्न सफल भउको बताएका छन । स्रे्स्तेदार खडकाका अनुसार गत आवमा फर्छाैट हुन बाकी रहेका १३८ र यस चालु आवका ४६६ गरि ६०२ मुद्दा फर्साेट हुन बाकी रहेका थिए ।प्युठान जिल्ला अदालतमा १ बर्ष नाघेका मुद्दा बाँकी नभएको जिल्ला न्यायाधीश घिमिरेले बताएका छन । अदालतमा सम्बन्ध बिच्छेद,यौनजन्य कसुर, बहुबिबाह, ज्यान सम्बन्धि कसुर ,घरेलु हिंसा, बालबालिका प्रतिबादी भएका मुद्दा, अंश मुद्दा आउने गरेपनी सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्दा दर्ता हुने गरेको जिल्ला न्यायाधीश घिमिरेले बताए ।अदालतले न्यायमा पहुँच नपुगेका आर्थिक तथा अन्य हिसाबले बिपन्नहरुका लागि जिल्ला कानुनी सहायता समिति र बैतनिक वकिल मार्फत निःशुल्क सेवा दिदै आएको र कुनै शुल्क नलाग्ने जिल्ला अदालतले जनाएको छ। मुद्दाको प्रकृति अनुसार मेलमिलाप कर्ता मार्फत छलफल गराउन मेलमिलाप केन्द्रमा पठाईएका १०२ मुद्दामा ४० थान मुद्दा मेलमिलाप केन्द्रबाट सफल भई ३९.२१ प्रतिशत मुद्दामा मेलमिलापको माध्यमबाट टुंगो लगाइएको अदालतले बताएको छ ।

रिप्लाई गर्नुहोस