मल्लरानीका प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतलाई सम्मान
स्वर्गद्वारी अपडेट
असार ३० गते २०७९
3:17 PM
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । जिल्लाको मल्लरानी गाउपालिकाका २ कर्मचारीलाई बिहिबार सम्मान गरिएको छ । मल्लरानी गाउपालिकाको दोस्रो गाउसभाको प्रथम अधिबेशनको चौथो बैठकको अबसर पारेर पालिकाका प्रमुख प्रशासकिय अधिकृत बाल कृष्ण थापा र लेखा अधिकृत कमान सिंह केसीलाई सम्मान गरिएको हो ।
बुधबार महालेखा परीक्षकले प्रकाशन गरेको बेरुजु रकममा मल्लरानी गाउँपालिका सून्य बेरुजु भएको पालिका हुन सफल भएको छ । उक्त पालिकालाई सून्य बेरुजु भएको पालिका बनाउनमा प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको अहम भूमिका हुने कुरा उल्लेख गर्दै सम्मान गरिएको अध्यक्ष कृष्ण बहादुर खडकाले बताएका छन ।
पालिका अध्यक्ष कृष्ण बहादुर खडका उपाध्यक्ष रमेश श्रेष्ठले संयुक्त रुपमा प्रमाणपत्र तथा दोसल्ला ओडाएर सम्मान गरेका हुन ।