मंसिर १२ गते २०८०
06:20: PM
मंसिर १२ गते २०८०
06:20: PM

भालुबाङको जंगलमा एक पुरुष मृत फेला

असार ३० गते २०७९
9:15 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान ।दाङको राप्ती गाउँपालिका वडा नं।१ भालुवाङ स्थीत राप्ती सामुदायिक वनमा एक पुरूष मृत अवस्थामा फेला परेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी ४५ वर्षीय दलबहादुर चौधरी मंगलबार विहान ७ बजे जंगलमा मृत अवस्थामा भेटिएका थिए । च्याउ खोज्न जंगल गएका महिलाहरूले मृत अवस्थामा ती पुरूषको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।खवर पाए लगत्तै घटना स्थलमा पुगेको प्रहरीले घटनाको प्रकृति हेर्दा मादकपदार्थ बढी सेवन गरेको र त्यसका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक शाहले बताएका छन् ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page