फागुन १० गते २०८०
07:44: AM
फागुन १० गते २०८०
07:44: AM

प्यूठानमा भानु जयन्तिको अवसरमा कबिता प्रतियोगीता

असार २९ गते २०७९
8:43 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । आदिकबि भानुभक्त आचार्यको २०९ औ जयन्तिको अबसर पारेर प्यूठानमा खुल्ला कबिता प्रतियोगीता सञ्चालन भएको छ । साहित्य परिषद प्यूठानको आयोजना तथा भानुभक्त माद्यमिक बिद्यालय बर्बाेटको सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा जिल्लाका बिभिन्न स्थानबाट २४ प्रतिसप्रर्धिको सहभागीता रहेको थियो । प्रतियोगीतामा प्रथम प्यूठान नगरपालिकाका २ चितिखोलाका अनुज पछाई, द्धितीय भानु माबिका छात्रा पुष्पा नेपाली, तृतीय सारदा माबिका नविन आचार्य र शान्वना भानुभक्त माबि का छात्र सन्देश जिसी भएका छन । साहित्य परिषद प्यूठानका अध्यक्ष नवराज आचार्यको अध्यक्षतासंगै सुरु भएको कार्यक्रममा मल्लरानी गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्यूठान जिल्लाका साहित्यकार कमल पोख्रेल, गेहराज थापा ,बिमला खनाल सुबेदी,टोपाराम आचार्य, लिला पुन ,राजकुमारी कुवर , भानु माबिका प्रअ चक्रपाडी पौडेल , धुर्ब गीरी , सुमन सुबेदी लगायतको सहभागीता रहेको थियो ।  भानुभक्तको शालिक निर्माण गर्ने अध्यक्षः खड्काको घोषणा मल्लरानी गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले आफ्नो कार्यकाल अबधिभित्र भानुभक्त माबिको प्राङगणमा आदिकबि भानुभक्त आचार्यको शालिक निर्माण गर्ने घोषणा गरेका छन । २०९ औ भानु जयन्तिको अबसरमा बोल्दै अध्यक्ष खडकाले यस्तो बताएका हुन । “म मेरो कार्यकालमा भानुभक्तको सालिक निर्माण गर्छु ।” अध्यक्ष खडकाले भने–“अबको केहि बर्षमा भानुभक्तको फोटोमा होइन शालिकमै माल्याडपण गर्न पाउनुहुने छ ।” साथै हरेक भानुजयन्ति मल्लरानी गाउपालिकाको भानुभक्त माबिमा नै मनाउनको लागी पनि अध्यक्ष खडकाले आग्रह गरेका छन ।साहित्य परिषद प्यूठान मल्लरानी गाउपालिका शाखा गठन २०९ औ आदिकबि भानुभक्त आचार्यको जन्मजयन्तिको अबसर पारेर प्यूठान मल्लरानी गाउपालिकामा साहित्य परिषद प्युठानको शाखा गठन भएको छ । गोपाल थापाको अध्यक्षतामा शाखा गठन गरिएको हो । जस्को उपाध्यक्षमा गीता पोख्रेल,सिचव दिपेन्द्र पौडेल,कोषादक्ष शारदा आचार्य क्षेत्री चयन भएका छन । त्यस्तै सदस्यहरुमा डालिन्द्रा बुढाथोकी,छमा श्रेष्ठ,गोबिन्द गीरी र ईश्वरी पौडेल चयन भएका छन । शाखाको सल्लाहकारमा चक्रपाडी पौडेल, कृष्णराज पौडेल र रामप्रसाद पोख्रेल रहेका छन ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page