अनुज पछाई , प्यूठान ।प्यूठानका २ पालिकाको गत आ व को बेरुजु सून्य देखिएको छ । जिल्लाको सरुमारानी गाउपालिका र मल्लरानी गाउपालिकाको आ व २०७७÷७८ को बेरुजु सून्य देखिएको हो । महालेखा परीक्षकको कार्यालयले बुधबार (आज) प्रकाशन गरेको प्रतिबेदन अनुसार प्यूठानको सरुमारानी गाउपालिका र मल्लरानी गाउपालिकामा बेरुजु सुल्य देखिएको हो ।
देशभरका ७५३ स्थानिय तहमध्य ३ स्थानिय तहमा मात्र बेरुजु रकम सून्य देखिएको छ । जसमा प्यूठानका २ सहित ताप्लेजुङको सिरजंगा गाउपालिका रहेका छन ।