अनुज पछाई , प्यूठान । प्यूठानमा सवारी ज्यान सम्बन्धी कसुर मुद्दाका एक फरार प्रतिबादी पक्राउ परेका छन । प्यूठान नगरपालिका वडा नं. ८ दम्तिका २७ बर्षिया केशब राज केएमलाई करिब ६ बर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता शुशिल थापाले बताएका छन ।
प्यूठान जिल्ला अदालत प्यूठानको २०७३ श्रावण १२ गतेको आदेशले एम.लाई रू. २ हजार जरिवाना तोकिएको थियो । केएम त्यसपछि फरार रहेका थिए । फैसला कार्यन्वयनको शिलशिलामा निजलाई खोज तलास गर्दै जाँदा मगलबार दिउसो १ बजेको समयमा आफ्नै घरमा फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागी प्यूठान जिल्ला अदालत प्यूठानमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।