अनुज पछाई, प्यूठान । प्यूठान जिल्लाको ऐरावती गाउँपालिका वडा नं २ बरौंला मा हुन लागेको बाल विवाह रोकिएको छ । उमेर नपुगी हुन लागेको बिबाहलाई स्थानिय बाल सञ्जालको अग्रसरतामा रोकिएको हो ।
ऐरावति गाउपालिका वडा नं. २ नाम परिवर्तन मनोज र सर्मिलाले भागी बिबाह गरि घर भित्राउने तयारी गर्दै गर्दा सक्रिय बाल सञ्जालका पदाधिकारीले २० बर्ष पछि बिबाह गर्ने सहमतिमा आ–आफ्नो घरमा बस्ने सर्तमा छुटाइएको हो । कालिका बिकास केन्द्र नेपाल प्युठानद्वारा ऐरावती गाउँपालिकाका सबै वडामा बाल सञ्जालको गठन गरेको छ ।