मंसिर १३ गते २०८०
02:11: PM
मंसिर १३ गते २०८०
02:11: PM

ऐरावतिमा बनाए वडा सदस्यले काठको पुल

असार २२ गते २०७९
5:23 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
असिम पाण्डे , प्यूठान । प्यूठानको ऐरावति गाउँपालिका वडा नं. २ मा रहेको भर्बु खोलामा काठको पुल (फडके) निर्माण गरिएको छ । ऐरावति गाउपालिका २ बरौलादेखि धाइरेखर्च , लुमचुङ जाने गारेटो बाटोको बिचमा पर्ने भुर्बु खोलामा वडा सदस्य भिम बहादुर जिसीको अगुवाइमा पुल निर्माण भएको हो । बर्षादको समयमा उक्त खोला तर्नको लागी धेरै समस्या हुने हुदा उक्त समस्यालाई समाधान गर्नको लागी वडा सदस्य जिसी लगाय स्थानियको श्रमदानमा पुल निर्माण भएको हो । अस्थाइ रुपमा निर्माण गरिएको उक्त पुलले आवतजावतमा सहज हुने भएकाले स्थानियले खुशि ब्यक्त गरेका छन ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page