स्वर्गद्धारी अपडेट ,प्यूठान — गएराति परेको चट्यानमा परि प्यूठानका विभिन्न ठाउका करिब १० बढी घाइते भएका छन । जिल्लाको ऐरावति गाउपालिका दाङबाङ र बिजुलीकोटमा चट्यान पर्दा ११ जना घाइते भएको खबर प्रांप्त भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।प्रहरीका अनुसार बिजुलीकोटमा चट्याङ पर्दा पाँच जना घाइते भएका हुन् । घाइते हुनेहरूमा स्थानीय ७ वर्षीय रोमन परियार, १२ वर्षीय किरण परियार गम्भीर घाइते भएका छन् । त्यस्तै अरू पाँच जना पनि घाइते भएका छन् । घाइते हुनेमा दिपक परियार, सपना परियार, सुवर्ण परियार, एलिसा परियार, सगुन परियार रहेका छन ।
यस्तै, ऐरावती गाउँपालिका वडा न–१ दाङवाङमा पनि सोमबार राति चट्याङ पर्दा चार जना घाइते भएका छन् । घाइते हुनेमा एकै घरका तीन जना पनि रहेका छन् । घाइते हुनेमा पबी नेपाली, लिला नेपाली, अञ्जली नेपाली र सीता नेपाली घाइते भएका छन । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवारमा ल्याइएको छ ।