मंसिर १२ गते २०८०
08:02: PM
मंसिर १२ गते २०८०
08:02: PM

श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा श्रीमान कारागार चलान

असार २० गते २०७९
7:28 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट ,प्यूठान । गुल्मीमा आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा आइतबार एक पुरुष पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्लाको मदाने गाउँपालिका–४ का ३५ वर्षीय विवश क्षेत्री ९नाम परिवर्तन० २५ वर्षीया श्रीमती निर्मोही ९नाम परिवर्तन० लाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा कारागार चलान भएका हुन्।जिल्ला न्यायाधीशको अनुपस्थितिमा श्रेस्तेदार भीमप्रसाद भुसालले उनलाई पुर्पक्षका लागि कारागार थुना पठाउने आदेश गरेको जिल्ला अदालत गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार जेठ २५ गते राति श्रीमानले आफुलाई जबर्जस्ती करणी गरेको भन्दै निर्मोहीले जेठ २८ गते जाहेरी दिएकी थिइन् ।त्यसलगत्तै पक्राउ परेका विवश आइतबारसम्म प्रहरी हिरासतमा थिए । आरोपित पुरुषका बाबुले भने बुहारीले अनाहकमा फसाएको जिकिर गरेका छन् ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page