असाेज १२ गते २०८०
09:48: AM
असाेज १२ गते २०८०
09:48: AM

बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईजना घाईते

असार १६ गते २०७९
3:26 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । दाङको तुलसीपुरमा बसले ठक्कर दिँदा दुइ जना घाईते भएका छन् । घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना ७ ख ३८९ न। को बसले सोही दिशाबाट आउँदै गरेको रा ६ प ५००० न। को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।घाईते हुनेमा मोटसाईकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नं। १० का १७ वर्षीय यादव भण्डारी र मोटरसाईकलमा सवार रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं। ५ का १८ वर्षीय चमन वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । भण्डारीलाई बाया खुट्टामा सामान्य चोट लागेको छ भने वलीलाई टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । बस चालक घोराही ११ का ३० वर्षीय सुनिल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रिप्लाई गर्नुहोस