मंसिर १२ गते २०८०
06:37: PM
मंसिर १२ गते २०८०
06:37: PM

कारागारमा रहेकी अविवाहित महिलाले बच्चा जन्माइन्

असार ८ गते २०७९
9:56 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्युठान । दाङको तुलसिपुर कारागारमा जेल भुक्तान गरिरहेकी एकजना महिलाले बच्चा जन्माएकी छिन् । बैंकिङ कसुरमा जेल सजाय काटिरहेकी कुसुम थापाले असार ६ मा अस्पतालमा बच्चा जन्माएकी हुन् ।बैंकिङ कसुर मुद्दामा ३० लाख धरौटी तिर्न नसकेपछि बाँकेको जानकी गाउँपालिका–४ खजुरा घर भएकी थापालाई अदालतले थुनामा राख्न आदेश गरेको थियो । राप्ती प्रादेशीक अस्पतालमा उनले छोरा जन्माएकी हुन् ।उनले आफू अविवाहित रहेको बताएकी छिन् । ग्रामिण विकास लघुवित्त संस्था लमहीमा फिल्ड सहायक हुँदा रकम हिनामिना गरेको भन्दै सो संस्थाले बैंकिङ कसुरमा मुद्दा दायर गरेको थियो ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page