फागुन १० गते २०८०
07:48: AM
फागुन १० गते २०८०
07:48: AM

मल्लरानी गाउपालिकाको निति तथा कार्यक्रम सार्बजनिक

असार ८ गते २०७९
4:10 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । जिल्लाको मल्लरानी गाउपालिकाले आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । बुधबार गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खडकाले १७७ बुदामा समेटिएको निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । अध्यक्ष खडकाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा गाउपालिकामा एम्बुलेन्स सेवा सञ्चालन गरिने कार्यक्रमलाई समेटिएको छ । त्यस्तै घरमा हुने सुत्केरीलाई सून्यमा झार्ने उद्देश्यका साथ सुत्केरी महिलाहरुको लागी निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने मल्लारानी गाउपालिकाको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरि खलंगाा प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने चिकित्सक सहितको सेवाको सुनिश्चिता गरिने उल्लेख गरिएको छ । मल्लरानी गाउपालिकाको वडा नं. ३ को चौरपानी र ५ को कुमिकोट क्षेत्रबाट स्वास्थ्य सेवा सुचारु गर्न आबश्यक ब्यबस्था मिलाइने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । मल्लरानी गाउपालिका भित्र कार्यरत महिला शिक्षक कर्मचारीलाई सुत्केरी भएमा सुत्केरी भत्ताको व्यबस्था गरिने पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै यस आर्थिक बर्षबाट लागु हुने गरि कक्षा १० सम्मको शिक्षा बिःशुल्क हुने भएको छ । अब मल्लरानी गाउपालिका भित्र सञ्चालनमा रहेका लिप्ट खानेपानीको बिद्युत महसुलमा ५० प्रतिशत गाउपालिकाले बेर्हाेने भएको छ । त्यस्तै निति तथा कार्यक्रममा खानेपानी , पूर्वाधार बिकास , लैङगिक समानता ,सिचाई ,उर्जा ,फोहोमैला ब्यबस्थापन लगायतका बिषयलाई समेटिएको छ ।जिल्ला समन्वयन समितिको सभाहलमा सञ्चालन भएको कार्यक्रमा राजनितिक दलका प्रतिनिधि , संघसस्थाका प्रतिनिधि तथा पत्रकार र स्थानियहरुको सहभागीता रहेको थियो । अध्यक्ष खडकाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा सहभागीहरुले सुझाव दिएका थिए । जिसस प्यूठानका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यता र बिशेष अतिथी सहायक प्रमुख जिल्ला अधिकारी मेगराज सोनी रहेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापाले सञ्चालन गरेका थिए ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page