मंसिर १३ गते २०८०
01:26: PM
मंसिर १३ गते २०८०
01:26: PM

अपाङगमैत्री भौतिक संरचना निर्माण गर्न प्यूठानमा छलफलफ

असार ८ गते २०७९
5:41 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । प्यूठान जिल्लामा अपाङगमैत्री भौतिक संरचना निर्माण गर्न सरोकारवालासंग छलफल गरिएको छ । राष्ट्रिय अपाङग सेवा संघ प्यूठानको आयोजनामा मङगलबार एक कार्यक्रमको आयोजना गरि सरोकारबालाहरुसंग छलफल गरिएको हो । जिल्लामा निर्माण भएका अधिकासं भौतिकसंरचना अपाङमैत्री नहुदा अपाङगता भएका ब्यक्तिहरुलाई आफ्नो काम सम्पादन गर्न अफ्ठेरो हुने हुदा उक्त कुरालाईै आत्मसाथ गर्दै अब बन्ने भौतिक संरचनाहरु अपाङमैत्री बनाउनुपर्ने भन्दै सरोकारवालासंग छलफलको कार्यक्रम राखिएको राष्ट्रिय अपाङग सेवा संघ प्यूठानका अध्यक्ष जुुमान सिंह केसीले बताएका छन । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष केसीले राज्यको नितिनियममा हरेक संरचना अपाङगमैत्री हुनुपर्ने निति रहेतापनि जिल्लाका अधिकासं भौतिक संरचनाहरु अपाङगमैत्री बन्न नसकेकोे बताएका छन । कार्यक्रममा सहभागी सरोकारवालाहरुले अब बन्ने भौतिक संरचना अपाङगमैत्री बनाउन जोड दिने र अपाङगता भएका सेवाग्राहीहरुलाई उनिहरुलाई सहजता प्रदान गर्ने गरि सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन । कार्यक्रममा जिल्ला समन्वयन समिती प्यूठानका प्रमुख धरम बहादुर जिसी , उपप्रमुख दरर्गा रेग्मी ,सहायक प्रमुख जिल्ला अधिकारी मेगराज सोनी मल्लरानी गाउपालिकाका निवर्तमान उपाध्यक्ष सरीता जिसी लगायत संघ सस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागीता रहेको थियो ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page