मंसिर १२ गते २०८०
06:15: PM
मंसिर १२ गते २०८०
06:15: PM

बालिका जबरजस्ती आरोपमा वडा सदस्य पक्राउ

असार २ गते २०७९
4:03 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान। १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिका–६ जुगारका ३५ वर्षीय मोहन केसी पक्राउ परेका छन् । केसी उक्त वडाका निर्वाचित वडा सदस्यसमेत हुन् । प्रहरीका अनुसार माडी गाउँपालिका–१ झिनुवा गाउँकी बालिकालाई ललाइफकाइ गरी जबरजस्ती करणीमा संलग्न भएको अवस्थामा प्रहरीले उक्त स्थानबाट पक्राउ गरेको हो । गत जेठ ३० गते दिउँसो १२ः३० बजेको समयमा केसीलाई इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरी निरीक्षक देवराज भट्टराई नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । ‘बालिकालाई प्रलोभन देखाई उक्त व्यक्तिले जबरजस्ती करणी गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिनुपरेको हो ।’ घटनाको पुष्टि गर्दै प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए । जबरजस्ती करणी अभियोग लागेका केसीलाई प्रहरीले नियन्त्रणमा लिई रोल्पा अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विगत दुई वर्षको अवधिमा दर्जनभन्दा माथि जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । यस्ता अभियोग लागेकोमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका नेता, युवा, किशोर र वृद्धासमेत छन् । रोल्पा कारागारका अनुसार कानुन कडा ल्याइए पनि जबरजस्ती करणीका घटना कम भएका छैनन् । अघिल्लो वर्ष जबरजस्ती करणीका मुद्दा मिलापत्र गराएको आरोपमा पूर्वी रोल्पास्थित लुंग्री गाउँपालिकाका केही निर्वाचित जनप्रतिनिधिलाई समेत पक्राउ गरिएको थियो ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page