अनुज पछाई,प्यूठान । जिल्ला समन्वय समिती प्यूठानका नबनिर्बाचित पदाधिकारीहरुले बुधबार सपथ लिएका छन ।
समन्वय समितीको प्रमुखमा नवनिर्बाचित धरम जिसीलाई मुख्य निर्बाचन अधिकृत श्यामलाल घिमिरेले सपथ खुवाएका हुन । लगत्तै प्रमुख जिसीले उपप्रमुख सहित ७ जना सदस्यहरुलाई सपथ खुवाएका छन ।
जिल्ला समन्वय समिती प्युठानको प्रमुखमा नेपाली कांग्रेसका धरम बहादुर जिसी र उपप्रमुखमा नेकपा माओबादी केन्द्रका दुर्गा रेग्मी निर्विरोध निर्वाचीत भएका थिए ।
पाच दलिय गठवन्धनबीच तालमेल भएपछी प्रमुख उपप्रमुखसहित पुरै प्यानलै निर्विरोध भएको थियो । कांग्रेसबाट जिल्ला समन्वय समितीको सदस्यमा टोपाराम कालाथोकी,माओबादी केन्द्रबाट तारा बिक र निर्मला पोख्रेल निर्विरोध निर्वाचित भएका छन।
यसैगरी, राष्टिय जनमोर्चाबाट गुणेन्द्र बस्नेत, इन्द्र बहादुर खड्का, खुमा अधिकारी र रेकम रसाईली जिल्ला समन्वय समितीको सदस्यमा निर्विरोध निर्वाचीत भएका हुन ।