फागुन १० गते २०८०
07:24: AM
फागुन १० गते २०८०
07:24: AM

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

जेठ ३१ गते २०७९
4:34 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । जिल्ला प्रहरी कार्यालय पाल्पाले बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्रेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापा जानकारी दिए । रैनादेवी छहरा गाउँपालिकामा बस्ने १४ वर्षीया बालिकालाई विकले एक साताअघि रिब्दीकेट गाउँपालिका वडा नं.२ को सानोदमकस्थित जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको आरोप छ । पीडित बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि प्रहरी चौकी सर्देवा र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान अधिकृतसहितको टोलीले खोजतलास गरेर विकलाई पक्रेको हो ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page