मंसिर १३ गते २०८०
02:26: PM
मंसिर १३ गते २०८०
02:26: PM

होटलको छतबाट खसेर एक युवकको मृत्यु

जेठ २८ गते २०७९
10:49 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान ।रुपन्देहीको भैरहवामा होटलको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। भैरहवा बसपार्कमा रहेको होटल सि प्रिन्सको छतबाट खसेर रुपन्देहीको कोटिहिमाई गाउँपालिका(५ का २४ बर्षीय अमित यादव शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलका अनुसार ती युवक साथीहरुसहित त्यस होटलमा बस्न आएका थिए । होटल चार तले छ । कुन तलाबाट उनी खसे भन्ने खुलेको छैन । होटल मालिकले केही पैसा पनि हराएको र उनी चोरेर भाग्ने क्रममा छतबाट खसेर मृत्यु भएको प्रहरीलाई बताए ।प्रारम्भिक अनुसन्धानमा त्यस्तै देखिएको तर घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page