अनुज पछाई, प्यूठान । जिल्ला रेडक्रस सोसाइटि प्यूठान जिल्ला शाखा प्यूठानले एक कार्यक्रमको आयोजना गरि जनप्रतिनिहरुलाई स्वागत तथा सम्मान गरेको छ । शुक्रबार प्यूठान जिल्लाका ९ वटै स्थानिय तहका जनप्रतिपिनधिहरुलाई सम्मान तथा स्वागत गरेको हो ।
बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिहरुलाई नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामी ,मन्त्रि दामोदर शर्मा लगायतले सम्मान गरेका हुन ।
कार्यक्रममा प्यूठानका ९ वटै स्थानिय तहका जनप्रतिनिधि को साथै प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतको सहभागीता रहेको थियो ।