असाेज १२ गते २०८०
08:45: AM
असाेज १२ गते २०८०
08:45: AM

वडाध्यक्ष कारागार चलान

जेठ २६ गते २०७९
4:28 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । महिलाको हत्या आरोपमा पक्राउ परेका पूर्वीरुकुम पुथा उत्तरगंगा गाउँपालिका ११ का वडाध्यक्ष कुमार सिंह पुर्पक्षका लागि कारागार चलान भएका छन्। गत वैशाख १९ गते पुथा उत्तरगंगा गाउँपालिका ११ मा निर्वाचन प्रचारप्रसारका क्रममा भएको झडपपछि हराईरहेकी स्थानीय ३९ वर्षीया दुथि भनिने जुनमाया बुढाको हत्या आरोपमा पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर–११ का निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, वडाध्यक्ष कुमार सिंह बुढा र अर्जुन बुढालाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरी २९ दिनसम्म हिरासतमा राखेर अनुसन्धानपछि अदालतले तीनै जनालाई पुर्पक्षका लागि कारागार पठाएको हो। झडपमा संलग्न भएको, प्रहरीको प्रारम्भिक अनुसन्धान र पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो। पटकपटकको म्याद थप र कानुनी प्रकृयापछि शुक्रबार अदालतले अध्यक्ष बुढालाई पुर्पक्षका लागि कारागार पठाएको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीका अनुसार अदालतले उनलाई २३ गते कारागार पठाउने निर्णय गरेको हो। वडाध्यक्ष कुमार सिंह वैशाख २६ गते पक्राउ परे पनि ३० गतेको निर्वाचमा उनले जित हासिल गरेका छन्। उनले एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार लक्ष्मण बुढालाई ५८ मतले पराजित गरेका थिए। बुढाको ४ सय ६१ र प्रतिद्वन्द्वीको ४ सय ५८ मत आएको छ। जयकुमार २०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुन्। वडाध्यक्ष कारागार गएपछि उक्त वडामा लैन बुढालाई कार्यबाहक दिइएको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताए।

रिप्लाई गर्नुहोस