असाेज १२ गते २०८०
09:57: AM
असाेज १२ गते २०८०
09:57: AM

प्यूठानमा प्राबिधिक शिक्षालय स्थापनाको प्रकृया अगाडी बढाइने

जेठ २५ गते २०७९
7:54 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । लुम्बिनी प्रदेश सरकारले बुधबार आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । धेरैजसो अहिलेकै कार्यक्रमले निरन्तरता पाएका छन् । केही नारा बदलिए पनि कार्यक्रम उस्तै छन् । प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सार्वजनिक गरेको नीति कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता दिइएको छ । बुधबार सार्वजनिक गरिएको निति तथा कार्यक्रम अनुसार प्यूठान जिल्लामा प्राबिधिक शिक्षालय स्थापनाको लागी प्रकृया अगाडी बढाइने उल्लेख गरिएको छ ।

रिप्लाई गर्नुहोस