मंसिर १२ गते २०८०
07:36: PM
मंसिर १२ गते २०८०
07:36: PM

१९ बर्षिया युवकमाथि धारिलो हतियार प्रहार

जेठ २५ गते २०७९
2:19 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट ,प्यूठान । सल्यानमा एक समूह युवकमाथि धारिलो हतियार प्रहार गरी फरार भएका छन् । जिल्लाको शारदा नगरपालिका –२ खलंगा स्थित मध्यपश्चिम होटलमा खाजा खाइरहेका शारदा नगरपालिका –२ जोगीदेउखोलाका १८ वर्षीय ओपेन्द्र केसीमाथि एक समूहले धारिलो हतियार प्रयोग गरी घाइते बनाएको हो ।धारिलो हतियार प्रहार गर्ने सल्यान शारदा नगरपालिका –२ का १९ वर्षीय रुपेश बुढाथोकी, डाँडागाउँकै अन्दाजी १८ वर्षीय प्रशान्त ९थर नखुलेको०, शारदा नगरपालिका –१ पटनेरीका १८ वर्षीय विवस हमाल र सर्खेत गुर्भाकोट नगरपालिका –९ का १९ वर्षीय सागर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हतियार प्रहार गर्ने चारै जना फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।घाइते केसीको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उहाँको भनाई छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page