स्वर्गद्धारी अपडेट,प्यूठान । दाङमा एक नवजात शिशुको शव शौचालयको सेप्टी ट्यांकी भित्र फेला परेको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी १५ वर्षिय आमाले जन्माएको १६ दिनको शिशुको बुधबार बिहान घर पछाडि रहेको सेप्टी ट्यांकी भित्र मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।आमा र बच्चा सँगै सुतेको तर बिहान बच्चालाई स्थानीय छिमेकीले नदेखेपछि खोज्ने क्रममा विहान घर पछाडिको सेप्टी ट्यांकीमा मृत अवस्थामा फेला पारि प्रहरीलाई खवर गरेका थिए ।प्रहरीका अनुसार ती नवजात शिशुलाई मारेर फालेको हुन सक्ने प्रहरीले बताएको छ । मृतक शिशुको आमालाई प्रहरीले नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।