असाेज १२ गते २०८०
10:00: AM
असाेज १२ गते २०८०
10:00: AM

घाँस काट्ने क्रममा लडेर पत्रकारको मृत्यु

जेठ २५ गते २०७९
10:44 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान। गुल्मीको धुर्कोट गाउँपालिकामा घाँस काट्ने क्रममा रूखबाट लडेर एक जना पत्रकारको मृत्यु भएको छ । जैसिथोक निवासी ३४ बर्षिय राजु भनेर चिनिने घनश्याम पोख्रेलको मङगलबार मृत्यु भएको हो । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा लगिएतापनि अस्पतालले मृत घोषणा थियो ।पोखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए ।पोख्रेल रेडियो नवलपरासीस्थित रेडियो दौदरीका स्टेसन म्यानेजर एवम् प्रेस सेन्टर नवलपरासीका अध्यक्ष हुन् । भेटघाटको लागि पाँच दिनअघि पोखरेल घर आएका थिए ।

रिप्लाई गर्नुहोस