फागुन ९ गते २०८०
05:27: AM
फागुन ९ गते २०८०
05:27: AM

जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा दुई गोठ जलेर नष्ट

जेठ २४ गते २०७९
11:05 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । सल्यानको जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा दुई गोठ जलेर नष्ट भएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ रातामाटाको पुरानो स्वरा बस्तीमा डढेलो पस्दा स्थानीय तिल बहादुर बस्नेत र खिमलाल बस्नेतको घर जलेर नष्ट भएको हो ।स्थानीय लालीगुराँस सामुदायिक वनमा लागेको आगो मङ्गलवार दिउँसो बस्तीमा पसेको थियो । डढेलोले घरमा आगलागी हुँदा गोठ भित्र रहेको अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर नष्ट भएको पीडित तिल बहादुर बस्नेतले जानकारी दिनु भयो । आगलागीबाट दुई जनाको झन्डै दस लाख बढीको क्षति भएको उहाँको भनाई छ ।सुख्खा मौसम सुरु भएसँगै जिल्ला धेरै वनमा डढेलो लागि रहेको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page