मंसिर १३ गते २०८०
02:52: PM
मंसिर १३ गते २०८०
02:52: PM

चर्चमा बन्दुकधारीको आक्रमण, ५० जनाको मृत्यु

जेठ २३ गते २०७९
9:14 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । नाइजेरियाको दक्षिण पश्चिमी ओन्डो राज्यको एक चर्चमा अज्ञात बन्दुकधारी समूहले आक्रमण गर्दा करिब ५० जना मानिस मारिएका छन् ।सोही आक्रमण परी ४० भन्दा बढी मानिस घाइते भएका हुन्। आईतबारको प्रार्थनामा सहभागी भएका मानिसमाथि अन्धाधुन्ध गोली प्रहार तथा ग्रिनेडबाट आक्रमण गरिएको नाइजेरियाका संचार माध्यमले जनाएका छन् ।मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । ओयोे शहरको सेन्ट फ्रान्सिस क्याथोलिक चर्चमा प्रवेश गरेका हतियारधारी समूहले प्रार्थना गरिरहेकाहरु माझ अन्धाधुन्ध गोली प्रहार भएको थियो ।नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले घटनाप्रति निन्दा ब्यक्त गर्दै जघन्य हत्याका दोषीलाई कानूनी कठघरामा ल्याउने समेत बताउनुभएको छ । घटनाका कारण चर्च वरिपरिका घरमा समेत क्षति पुगेको छ । घटना लगत्तै फरार भएकाको खोजी कार्य जारी रहेको छ । घटनाको जिम्मेवारी भने कसैले लिएको छैन ।घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page