अनुज पछाई,प्यूठान । प्यूठानमा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन । ऐरावति गाउँपालिका वडा नं. १ अमेली बस्ने बर्ष ४१ का निम बहादुर घर्ती र ५० बर्षिया दिल बहादुर सारु लाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
उनिहरुलाई बिहिबार राति प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरुको गोठ खानतलासी गर्ने क्रममा उक्त भरुवा बन्दुक भेटिएको थियो ।