राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानद्धारा मर्यादित सामग्री वितरण
स्वर्गद्वारी अपडेट
जेठ १९ गते २०७९
3:31 PM
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । रास्ट्रिय अपाङ्ग सेवा संघ प्युठानले बिहिबार महिला तथा किशोरीहरुको लागी मर्यादित सामगी्र वितरण गरिएको छ । राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजना तथा युएनएफपिए सिद्धार्थ बिकास केन्द्रको सहयोगमा मल्लरानि गाउँपालिका ४ का १५ जना महिला तथा किशोरी हरुका लागि मर्यादित सामाग्री बितरण गरिएको रास्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष जुमान सिहं केसीले बताएका छन ।
मल्लरानी गाउँपालिका वडा नं. ४ का १० जना महिला र ५ जना किशोरी गरि १५ जनालाई उनिहरुको दैनिक सहजताको लागी प्रयोग हुने स्वास्थ्य लगायतका सामगी्रहरु गाउपालिकाका अध्यक्ष कृष्ण खडकाको प्रमुख आतिथ्यतामा वीतरण गरिएको हो । दलित महिला , एकल महिला तथा आर्थिक रुपले विपन्न महिलाहरुको लागी उक्त सामगी्र वितरण गरिएको अध्यक्ष केसीले बताए ।अहिलेसम्म मल्लरानी गाउँपालिका वडा नं. ५ खैरा ,वडा नं. ३ को धरमपानी र प्यूठान नगरपालिकाका महिला तथा किशोरी गरि ४८ जना बढी लाई उक्त सामगी्र वितरण गरिएको अध्यक्ष केसीले जानकारी दिए ।