मंसिर १२ गते २०८०
06:07: PM
मंसिर १२ गते २०८०
06:07: PM

गोली लागेर प्यूठानमा एकको मृत्यु

जेठ १६ गते २०७९
10:24 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई ,प्यूठान । प्यूठानमा गोली लागेर एक युवाको मृत्यु भएको छ । प्यूठान ऐरावती गाउँपालिका वडा नं.१ अमिलिका २४ बर्षिया ज्ञान बहादुर नेपालीले दोबाटे सामुदायिक जंगल डाडाथरी दाङबाङमा सिकार खेल्ने क्रममा मृगलाई हानेको छर्राले सोहि ठाउँ बस्ने बर्ष ३४ का दोर्ण बहादुर आलेमगरको टाउकोमा लागी आइतबार साझ घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घटनामा संलग्न १० जना ब्यक्ति लाई नियन्त्रणमा लिइएको र ४ जना ब्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका मध्य झिमरुक गाउपालिका वडा नं. ४ मच्छिका गुञ्ज बहादुर पुनमगर,ऐरावति १ का ओम बहादुर पुन , रुक बहादुर नेपाली , ज्ञान बहादुर नेपाली,कृष्ण बहादुृर पुन,भुप बहादुर पुन,टिकाराम पुन, डयाम बहादुर पुन,झबिन्द्र थापा र बिशाल घर्ती रहेका छन ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page